भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

Written by  Published in अन्तरवार्ता Wednesday, 23 December 2015 09:50
Rate this item
(0 votes)

दीपकराज जोशी

विनाशकारी भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले यतिबेला मुलुकको पर्यटन क्षेत्र तहस(नहस भएको छ । मुलुकको सुस्ताएको पर्यटन पुनरुत्थान गर्ने जिम्मेवारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीको काँधमा आएको छ ।

भूकम्प र नाकाबन्दीपछि ८ लाखबाट घटेर ३ लाखमा खुम्चिएको पर्यटटक आगमन पूर्वावस्थामा कसरी फर्काउने रु यसमा जोशीको योजना छ, मुख्यतः भारतीय, चिनियाँ एवं एशियाली पर्यटकलाई आकषिर्त गर्ने अनि आइएसबाट डराएका युरोपेली पर्यटकलाई समेत नेपालतिरै तान्ने ।

सन् २००० देखि बोर्डमा अधिकृत तहबाट जागिर सुरु गरेका जोशीसँग पर्यटन क्षेत्रमा १५र१६ वर्षको अनुभव छ । पछिल्लो समय यो क्षेत्रमा देखिएका चुनौती, पर्यटन प्रवर्द्धनका ठोस योजनालगायतका विषयमा जोशीसँग अनलाइनखबरकर्मी नविन अर्यालले गरेको कुराकानीः

ल्त्द्य ऋभ्इ

मुलुकको पर्यटन क्षेत्र तहस(नहस भएका बेलामा तपाई प्रमुख कार्यकारी अधिकृत बन्नुभएको छ । आफ्ना अगाडि के(कस्ता चुनौती देख्नुभएको छ रु

विनाशकारी भूकम्प, बन्द हडताल र आपूर्ति ठप्प भएपछि मुलुकको पर्यटन सुस्ताएको छ । सन् २०१५ मा ७० प्रतिशतले पर्यटक घट्ने अनुमान छ । पर्यटन क्षेत्रका लागि यो वर्ष सबैभन्दा निराशाजनक हुनेछ । अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकरात्मक सूचना प्रवाह भएको छ ।

सुस्ताएको पर्यटनलाई जीवन दिन मेरा अगाडि धेरै चुनौती छन्, जसलाई अवसरका रुपमा लिएर अगाडि बढ्छु । भूकम्प अगाडि करिव ८ लाखको हाराहारीमा पर्यटक आइरहेका थिए । एक्कासी भूकम्प आएपछि पर्यटक स्वात्तै घटेका छन् । यो वर्ष तीन लाख पर्यटक भित्रिने अनुमान छ । मैरो सबैभन्दा ठूलो चुनौती पर्यटकको संख्या पुनः ८ लाख पुर्‍याउनु हो । यो काम त्यति सजिलो छैन । किनभने विगत ३र४ वर्षदेखि देशको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिलिएको छ ।

त्यस्तै सगरमाथामा भएको दुर्घटना, अन्नपूर्णमा आएको हुदहुद, पर्यटन बोर्डमा भएको बेथिति, क्यासिनोसम्बन्धी कचकच, उड्डयन क्षेत्रको कालोसूची, भूकम्प, बन्द(हडताल, आपूर्तिमा समस्या आदि कारणले नेपालको छवि बिग्रिएको छ । भूकम्पले नेपाल ध्वस्त भएको सन्देश पनि विश्वभर फैलिएको छ ।

भूकम्पपछि पनि नेपालका गन्तव्यहरु दूरुस्त र सुरक्षित रहेको सन्देश विश्वभर फिँजाई पर्यटकलाई आकषिर्त गर्नुपर्ने देखिएको छ । त्यसमाथि अहिले पर्यटन क्षेत्रसँग सरोकार राख्ने सबै पक्षको आत्मवल गिरेको छ । उनीहरुको गिरेको आत्मवल बढाउने र उत्साहित बनाउने मेरो अर्को चुनौती हो । निजी क्षेत्रलाई बोर्डमा अपनत्व दिलाउनु छ ।

बोर्डको धुमिलिएको छवि सुधार गर्दै कर्मचारीलाई प्रोत्साहित गरेर पर्यटन प्रवर्द्धनमा जागरुक गराउनुपर्ने मेरो दायित्व छ । यसका लागि सरोकारवाला सबैको सहयोगको अपेक्षा गरेको छु ।

पर्यटन पुनरुत्थानका लागि ठोस योजना चाँहि के(के छन् रु

पर्यटन प्रवर्द्धनको पहिलो स्टेप भनेकै बजारीकरण हो । हामीले पर्यटन पुनरुत्थान अर्थात कम्तिमा ८ लाख पर्यटक नपुग्दासम्म यसैमा जोड दिनुपर्छ ।

म्भभउबप च्बव व्यकजष्)द्दहामीले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन सँगसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि जोड दिन्छौं । काठमाडौं उपत्यका, ट्रेकिङ र पर्वतारोहणका लागि विदेशी पर्यटक नै चाहिन्छन् । पोखरा, चितवन, लुम्विनी लगायतका क्षेत्रमा आन्तरिक पर्यटकले पनि केही भरथेग गर्छन् ।

हाम्रो रणनीति छिमेकी मुलुक भारत र चीनमा बढी केन्द्रित हुने छ । नेपालमा चीन र भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिन्छन् । अन्य देशहरुमा पनि पोटेन्सियल मार्केट पहिचान गरी पर्यटन प्रवर्द्धन तथा बजारीकरण गर्छौं ।

सबैभन्दा पहिला अन्तर्राष्ट्रिय जगतमा नेपालको सकरात्मक सन्देश प्रवाह गरी पर्यटक आकषिर्त गर्ने मेरो योजना छ । किनभने हामीलाई तत्कालै ८ लाख पर्यटक पुर्‍याउनु छ । यो काममा निजी क्षेत्रलाई पनि उत्तिकै जिम्मेवार बनाएर अगाडि सार्ने छौं ।

मुलुकको सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने पर्यटन बोर्ड आफैं सिथिल र डिस्टर्व थियो । संस्थाको र देशको छवि सँगसँगै बोर्डको छवि बढाउने खालका कामहरु पनि गरिने छ ।

हामीलाई बजेटको पनि सीमा छ । प्राथमिकताका क्षेत्रहरु धेरै छन् । उपलब्ध स्रोत साधनलाई सिर्जनशील तथा रिजल्ट दिने काममा प्रयोग गरिनेछ । कम खर्चमा बढी रिजल्ट दिने खालका कार्यक्रम अगाडि बढाउने मेरो योजना छ । हामीले तुरुन्तै केही देखिने गरी कामहरु गर्छौं ।

नेपालमा सबैभन्दा बढी आउने पर्यटक भारतीय हुन् । तर, यतिबेला नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ नि रु

 

नेपाल र भारतबीचको राजनीतिक समस्या सुल्झिनासाथ अहिलेको तीतोपन बिर्सिन्छ । दुई देशका जनता राजनीतिबाट जोडिएका होइनन्, परावपूर्वकालदेखि नै हामी आपसमा एकदमै नजिक रहेका छौं ।

भारत र नेपालबीच सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक सम्बन्ध रहेको छ । मलाई विश्वास छ, अहिलेको टकराव धेरै लम्बिने छैन । समस्या समाधान भएपछि भारतीय नागरिकलाई नेपाल भ्रमणका लागि उत्साहित बनाउन सकिन्छ ।

भारत आर्थिकरुपमा सम्पन्न हुँदै गइरहेको छ । त्यहाँबाट ठूलो संख्यामा मानिसहरु विदेश भ्रमणमा जान्छन् । नेपालको भारतका केही ठूला शहरमा सीधा हवाई सम्पर्क रहेको छ । त्यहाँ बस्ने मानिसहरु आर्थिक र करियरमा बढी ध्यान दिन्छन् । उनीहरु राजनीतिसँग खासै सरोकार राख्दैनन् । मलाई लाग्छ, अहिले देखिएको राजनीतिक समस्याले उनीहरुलाई खासै प्रभावित बनाएको छैन ।हामीले आकर्षक प्याकेज बनाएर भारतीय नागरिकलाई नेपाल भ्रमणमा आकषिर्त गर्नुपर्छ ।

चीन र भारतको अलवा नेपालमा कुन(कुन देशबाट बढी पर्यटक भित्र्याउन सकिन्छ रु

 

नेपालमा दक्षिणपूर्वी एशियाली देशहरु, जस्तै( सिंगापुर, मलेसिया, थाइल्यान्ड, जापानलगायतका मुलुकबाट धेरै पर्यटक भित्राउन सकिन्छ । रसिया, कोरिया, अष्ट्रेलिया र अमेरिकनहरुले पनि नेपाललाई खुब मन पराउँछन् ।

रसियाका नागरिकहरु सबैभन्दा बढी टर्कीतिर घुम्न जान्छन् । तर, पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनका कारण रसियालीहरु टर्की घुम्न जान डराइरहेका छन् । उनीहरुलाई नेपाल भ्रमणमा ल्याउन सकिन्छ ।

ठूलो संख्यामा पर्यटक युरोपेली मुलुकमा भ्रमण गर्न जान्छन् । फ्रान्समा भएको इस्लामिक स्टेट ९आइएस०को हमलापछि मानिसहरु युरोप जान डराइरहेका छन् । युरोप भ्रमणमा जान डराइरहेका पर्यटकलाई नेपाल उत्कृष्ट विकल्प बन्न सक्छ । हामीले यस्ता मुलुकहरु पहिचान गरी आकर्षक प्याकेज दिएर पर्यटक आकषिर्त गर्नुपर्छ ।

तपाई लामो समयदेखि पर्यटन बोर्डमा कार्यरत हुनुहुन्छ । हामीले विगतमा के(कति कमजोरीका कारण ठूलो संख्यामा पर्यटक भित्र्याउन चुकेका थियौं रु

पर्यटनको विकासभन्दा पनि बजारमा कतिसम्म बिक्री गर्न सकिन्छ भन्ने मुख्य हुन आउँछ । पर्यटनमा बिक्री गर्ने कला एकदमै महत्वपूर्ण हुन्छ । यसअघि हामी सिर्जनशील पर्यटन प्रवर्द्धनमा चुकेका थियौं । हामी पर्यटनमा अब्बल हुँदाहुँदै पनि बजारीकरणको अभावले धेरै पर्यटक भित्राउन सकेनौं ।

अर्को समस्याल एउटामात्र अन्तर्राष्ट्रिय एयरपोर्ट हुनु हो । एयरपोर्टको सीमितताका कारण फ्लाइटहरु बढाउन सकेका छैनौं । भैरहवा एयरपोर्ट २०१८ मा सञ्चालन हुने भएपछि उत्साह थपिएको छ ।

सार्वजनिक निजी साझेदारी भएन भने पनि अपेक्षित उपलब्धी हासिल गर्न सकिँदैन । हिजोका दिनमा सरकार निजी क्षेत्र टाढिएका थिए । अबका दिनमा निजी क्षेत्र र सरकारबीच सहकार्य हुनेछ । सबैको पहुम्चलाई परिचालन गर्‍यो भने रिजल्ट राम्रो आउने हो । हामी त्यसैमा केन्द्रित हुन्छौं । त्यही हाम्रो मूल मन्त्र हो ।

तपाईको कार्यकालमा सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलबाट गठित पयर्टन बोर्डमा निजी क्षेत्रले अपनत्व महशुस गर्न पाउनेछन् त रु

 

नेपालमा व्यवसायिकरुपमा पर्यटकीय गतिविधि सुरु भएको ५०र६० वर्ष भइसक्यो । मुलुकको पर्यटन प्रवर्द्धन तथा सञ्चालनमा निजी क्षेत्र नै अगाडि रहेको छ । निजी क्षेत्रलाई नै नेतृत्व दिने गरी सरकारले १६र१७ वर्ष अगाडि पर्यटन बोर्ड गठन गरेको हो ।

हामीले विभाजित भएर प्रवर्द्धनका कामहरु गर्न सक्दैनौं । हामी एकतावद्ध भएर अगाडि बढ्नु जरुरी छ । निजी क्षेत्रसँग कार्यगत एकता गरेर अगाडि बढ्छौं ।

सरकारले नीतिगत सुधार, लाइसेन्सिङ र मोनिटरिङ गर्ने हो । पर्यटकीय सेवा प्रदान गर्ने निजी क्षेत्रले हो । बोर्डले पर्यटकीय गन्तव्य र प्रोडक्टहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेर धेरै पर्यटक भित्राउन भूमिका खेल्नुपर्छ । एकले अर्काका खुबीहरुलाई शीरोधार्य गरेर अगाडि बढेमा हामी गन्तव्यमा पुग्न सक्छौं । मेरो जोड पनि यसैमा हुनेछ ।

निजी क्षेत्रको प्रवर्द्धनमा बोर्डको भूमिका के रहन्छ रु

 

मुलुकमा पर्यटक भित्राउन निजी क्षेत्रलाई उत्साहित गर्नु एकदमै जरुरी छ । निजी क्षेत्रले बजार बुझेको छ । निजी क्षेत्रलाई थाहा छ कसरी पर्यटक भित्राउन सकिन्छ । बोर्डले निजी क्षेत्रको आइडिया लिएर काम गर्नेछ । निजी क्षेत्रलाई उत्साहित बनाएर पर्यटन प्रवर्द्धन तथा बजारीकरणमा सहभागी गराइनेछ ।

निजी क्षेत्रले तयार पारेका पर्यटकीय प्रोडक्टहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने काम पनि बोर्डको हो । यो निजी क्षेत्रको प्रोडक्ट हो, उसले नै प्रवर्द्धनको काम गर्नुपर्छ हामी भन्दैनौं । पर्यटन क्षेत्र सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा भित्राउने हुँदा निजी क्षेत्रलाई सरकारले सहयोग गर्नैपर्छ ।

म्भभउबप च्बव व्यकजष्

तीन लाखमा झरेको पर्यटकको संख्या ८ लाख पुर्‍याउन कति समय लाग्ला 

 

मैले पर्यटन प्रवर्द्धनका लागि चारवटा रणनीति बनाउँछु । सन् २०१६ लाई ‘इयर्स अफ सर्भाइभल’ भनेको छु । सबैभन्दा पहिला मुलुकको पर्यटन बचाउनुपर्छ ।

सन् २०१७ लाई ‘एयर अफ रिभाइभल’ भनेको छु । त्यो वर्ष हामीले पुनरुत्थानका कामहरु गर्छौं ।

सन् २०१८ लाई रि(इन(रिग्रेसन भनेको छु । पुराना चिजलाई कसरी नयाँ बनाउने भन्नेमा हामी लाग्छौं । अन्तिम वर्ष २०१९ लाई ‘बिल्डिङ ब्याक बेटर’ वर्षका रुपमा मनाउने योजना छ ।

हामीले मेगा क्याम्पियन गरेर अन्तर्राष्ट्रिय मार्केटमा प्रस्तुत भयौं भने धेरै पर्यटक भित्राउन सकिन्छ । सेकुरिटी थ्रेट भएका युरोपेली मुलुक र टर्कीतिर घुम्न जाने पर्यटकलाई आकर्षक प्याकेज बनाएर नेपाल तान्न सकिन्छ । नेपालमा जनयुद्ध होस् वा बन्द हडताल, पर्यटकलाई डाइरेक्ट हिट हुनेगरी प्रहार भएको छैन । निजी क्षेत्र र बोर्ड आपसमा मिलेर अगाडि बढ्यौं भने छिट्टै आठ लाख पर्यटक पुर्‍याउन सकिन्छ ।

यसरी काम गर्न सकियो भने ३ देखि ६ महिनामा केही नतिजा हासिल गर्न सकिन्छ । पर्यटन प्रवर्द्धनका लागि शान्तिपूर्ण वातावरण आवश्यक हुन्छ । जहाँ शान्ति हुन्छ, त्यहाँ पर्यटन फस्टाउँछ । हामी शान्तिपूर्ण वातावरण तयार पार्न कोशिस गर्छौं ।

नेपालमा राजनीतिक दलहरुबाट धेरै बन्द हडताल हुन्छ । बन्द हडतालमा पर्यटक कसरी सुरक्षित महशुस गरेर भ्रमणमा आउलान् रु तपाईले दलहरुलाई कसरी जिम्मेवार बनाउनुहुन्छ रु

 

हामीसँग सन् २०११ को अनुभव छ । भर्खरैमात्र युद्ध सकिएको थियो । तर, बन्द हडताल निकै धेरै हुन्थ्यो । त्यतिबेला २०र२२ दलका मुख्य नेताहरुलाई एकै ठाउँमा राखेर कम्तिमा २०११ मा बन्द हडताल नगर्ने प्रतिवद्धता जनाउन आग्रह गर्‍यौं । त्यसपछि बन्द हडताल स्वात्तै घट्यो पनि ।

कतिपय बेलामा राजनीतिक दलहरुलाई पनि सम्झाउनुपर्ने हुन्छ । किनभने बन्द हडतालको पार्ने दीर्घकालीन असरबारे उहाँहरुलाई थाहा नहुन सक्छ । हाम्रो सबैभन्दा सवल पक्ष के छ भने जनयुद्धमा होस वा बन्द हडतालमा पर्यटकलाई प्रत्यक्ष असर पर्नेगरी प्रहार भएको छैन । हाम्रो सबैभन्दा ठूलो सबल पक्ष यही हो ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रवर्द्धन कसरी गर्नुहुन्छ रु

 

हामीले यसभन्दा अगाडि परम्परागत मिडियाबाट प्रवर्द्धनको काम गथ्र्यौं । अहिले परम्परागत मिडियाजस्तै सामाजिक सञ्जाल पनि महत्वपूर्ण भएका छन् । सामाजिक मिडिया कम लागतमा बढी प्रभावशाली देखिएका छन् । त्यता पनि हामी केन्द्रित हुन्छौं ।

अहिले गैरआवासीय नेपाली संघ ९एनआरएन०को ठूलो सञ्जाल बनिसकेको छ । ७० देशमा एनआरएनको शाखा छ । हामीले एनआरएनसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनका कामहरु गर्छौं । त्यसैगरी एम्बेसीहरु, नेपाललाई सहयोग र माया गर्ने ठूला विदेशी संघ संस्थाहरुलाई पनि नेपालको पर्यटन प्रवर्द्धनमा क्रियाशील बनाउँछौं ।

प्याकेज पनि बनाउनुपर्ने होला नि रु

 

पर्यटक आकषिर्त गर्नेखालको प्याकेजहरु बनाउने व्यवसायीले हो । सरकारले पनि केही सहुलियत दिन सक्छ । हामीसँग अफ सिजन र अन सिजन हुन्छ । अफ सिजनमा बिजनेश कम हुन्छ । सिजनमा ५ सय डलरमा बेचेका होटलमा रुमहरु त्यतिबेला ७०र७५ डलरमा बेचिरहेका हुन्छन् ।

हामीले अफ सिजनमा ५० प्रतिशतको डिस्काउन्ट प्याकेज बनाएर अन्तर्राष्ट्रिय बजारमा जान सक्छौं नि । उहाँहरुले आखिर डिस्काउन्ट दिने नै हो, यसलाई बजारीकरणको माध्यम बनाउन सकिन्छ । यस्ता कुरामा हामीले विशेष ध्यान दिनुपर्छ । केही कुरा व्यवसायीलाई पनि सिकाउनुपर्ने देखिन्छ ।

पर्यटन बोर्डलाई भ्रष्टचारको अखडा भनेर चिनिन्छ नी रु

 

पर्यटन बोर्डमा मैले पारदर्शिता, प्रतिस्पर्धा र रिजल ओरिन्टेड भएर काम गर्छु । अहिले मुलुकको पर्यटन अत्यन्तै संकटमा छ । कर्मचारीमा जागिरको हिसाबले मात्र होइन, देशका लागि पनि केही योगदान गर्नुपर्छ भन्ने भावनाको विकास गराउँछु । भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै अगाडि बढ्ने हो । इमान्दार भएर काम गरेमा संस्थाको छवि सुधार गर्न सकिन्छ ।

पर्यटन प्रवर्द्धन गर्ने बोर्डको हाम्रो टीमले हो । यदि टीम बलियो भएन भने अपेक्षित नतिजा हासिल गर्न सकिँदैन । बोर्डमा ८र९ वर्ष भयो कर्मचारी नराखेको । बजारमा भएका सिर्जनशील युवा तथा विज्ञहरुलाई यहाँ ल्याउन जरुरी छ ।

अहिले नेपालमा भित्रिने पर्यटकको तथ्यांक संकलन पनि हुन छाडेको छ । तपाईको कार्यकालमा पर्यटकको डाटा संकलन गर्ने काम सुरु हुन्छ त रु

 

पहिला अध्यागमन विभागले तथ्यांक संकलन गथ्र्यो । अहिले हुन सकेको छैन । यो महत्वपूर्ण काम हो । अर्को कुरा, नेपाल आउने टुरिष्ट किन आएका छन, कति सन्तुष्ट भएका छन्, के मन पराएका छन, के मन पराएका छैनन् भन्नेखालको अध्ययन पनि हुन सकेको छैन ।

हामीले पर्यटकको फिडब्याक लिएर पर्यटकीय प्रोडक्टहरु तयार गर्नुपर्छ । नेपाली पर्यटनमा अध्ययनको ठूलो खाँचो देखिएको छ । हामीसँग भएका प्रोडक्टहरु पनि प्रवर्द्धन भएका छैनन । सिमित ठाउँमा पर्यटकीय गतिविधि हुन्छन्, त्यसलाई विकेन्द्रीकरण गर्नुपर्छ ।

कसरी विकेन्द्रीकरण गर्नुहुन्छ 

हामी पर्यटकलाई गाउँ(गाउँसम्म त पुर्‍याउन सक्दैनौं । तर, जहाँ सम्भावना छ, जहाँ लाभ हुन्छ, त्यहाँ पर्यटक पुर्‍याउनुपर्छ । मैले यस्तो सोच बनाएको छु ।

शुक्लाफाँटा र बर्दियाबाट दिल्ली ६र७ घण्टाको बाटो हो । दिल्लीमा धेरै देशका मानिसहरु बस्छन्, त्यहाँको आफ्नै जनसंख्या समेत २ करोडको हाराहारीमा छ । पश्चिमका लागि त्यो ठूलो मार्केट हुन सक्छ । पश्चिमलाई दिल्लीसँग कनेक्ट गरिदिनुपर्छ ।

पूर्वलाई कोलकाता तथा अन्य शहरसँग सम्पर्क गराइदिन सकियो भने हाम्रोमा धेरै पर्यटक भित्रिन्छन् । यसतर्फ हामीले अहिलेसम्म ध्यान दिन सकिएको छैन ।

 

Read 1885 times
Login to post comments

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...