तराईमा शितलहरले जनजीवन कष्टकर बन्दै

Written by  Published in समाचार Friday, 09 December 2016 10:28
Rate this item
(0 votes)

कलैया २४ मंसिर । 

     बिगत ५  दिन देखि बढेको  चिसोसंगै बारा सहित मध्य तराईमा  शितलहर शुरु भएको छ । 

बाक्लो हुस्सु, चिसो हावा र शीतलहरका कारण  जनजीवन निक्कै प्रभावित भएको छ । शीतलहरका कारण गाउँबस्ती तथा सहरबजारमा मानिसहरुको चहलपहल कम आएको छ भने, सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । बिहीबारदेखि बादल लागेकोले सुर्यको प्रकाश देख्न पाएको छैन । अत्यधिक चिसोका कारण ठाउँठाउँमा स्थानीयवासीलेआगो तापेर बस्ने गरेका छन् । 

           शीतलहरसँगै बढेको चिसोले पशुचौपाया र बालीनालीमा पनि असर को छ । शितलहरले विशेषगरी सडकपेटीमा बसेर माँगी खाने, मानसिक सन्तुलन ठीक नभएका र अति गरिब व्यक्ति बढी प्रभावित भएका छन् । चिसो कारण बालबालिका, बृृद्धबृद्धा  बढी प्रभावित भएका छन । चिसोले बाल बालिका तथा बृद्धबृद्धामा बिभीन्न रोगहरुको संक्रमण देखिएको छ । चिसो कारण बालबालिकामा रुघाखोकी, कोल्ड डायरिया, टाउको दुखने लगायतका रोगका संक्रमणहरु देखिएको छ । 

Read 295 times
Login to post comments

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...