लगातारको चिसोले तराईको जनजीवन प्रभावित

Written by  Published in समाचार Tuesday, 13 December 2016 09:57
Rate this item
(0 votes)

कलैया, २८ मंसिर । 

          लगातार एक हप्ता भन्दा लामो समयदेखि घाम नलाग्दा बाँके, पर्सा, बारा, धनुषा, महेत्तरी लगायतका तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण पर्सा र धनुषा, बारा लगायत जिल्लाका विद्यालय बन्द गरिएको छ भने चिसोबाट बँच्न स्थानीयबासिन्दाले आगो ताप्न थालेका छन् । 

           बाक्लो हुस्सुका कारण पूर्वी र पश्चिम तराईको जनजीवन बढी प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण दैनिक कामकाज नै प्रभावित भएको छ । लगातार बढेको चिसोका कारण विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर र रिक्सा चालकहरु मारमा परेका छन् । 

         अत्यधिक चिसोका कारण बालबालिका वृद्धवृद्धा पनि प्रभावित भएका छन् । शितलहरसँगै बढेको चिसोले तराईका सहरहरुमा मानिसको चहलपहल कम भएको छ । तराईका धेरै ठाउँमा आज पनि घाम लागेको छैन । बारा र पर्सामा दिउँसोदेखि घाम लागेपनि चिसो भने उत्तीकै रहेको छ । 

 

Read 333 times
Login to post comments

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...