Print this page

क्यान्सर पीडितलाई आर्थिक सहयोग

Written by  Published in समाचार Wednesday, 14 December 2016 10:21
Rate this item
(0 votes)

कलैया, २९ मंसिर । 

            बाराको गढीमाई नगरपालिका ४ औराहा निवासी ब्लड क्यान्सर पीडित राजन बखरेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । घन्टीमाई  ऋण तथा बचत सहकारी संस्था औराहाको पहलमा संकलन गरिएको ८० हजार नगद पीडितको परिवारलाई प्रदान गरिएको हो । 

            सहकारीका माधव सापकोटा ,कोपिला सिम्खडाको पहलमा  स्थानीय दाताहरु संग संकलन गरिएको उतm रकम बखरेलको श्रीमतीलाई घरमै गएर हस्तान्तरण गरिएको छ । कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु बाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको जनाईएको छ । 

         उनी बिगत एक महिना देखि भरतपुर बिपी क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन् । उनी एक लाख ऋण लिएर गत बर्ष कतारमा रोजगारीका लागि गएका थिए । त्यही उनी बिरामी परेका थिए । राजनलाई सहयोग गर्न चाहने दाताहरुले एभरेस्ट बैक सिमरामा इश्वरी देवी बखरेलको नाममा रहेको खाता नं ००७००५०१२०८३८७ मा सहयोग गर्न आग्रह गरिएको छ ।   

 

Read 359 times
Niraj Pithakote

Latest from Niraj Pithakote

Login to post comments