प्रेस चौतारी पर्साद्वारा एलडिओलाई ज्ञापनपत्र

Written by  Published in समाचार Monday, 19 December 2016 09:37
Rate this item
(0 votes)

वीरगन्ज, ४ पुस । 

स्थानीय संचारकर्मीको क्षमता अभिबृद्धि तथा संचार माध्यमलाई समानुपातिक विज्ञापन वितरण गराउन मांग गर्दै प्रेस चौतारी नेपाल,पर्साले पर्साका स्थानीय विकाश अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ ।  प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको नेतृत्वमा गएको संचारकर्मीहरु टोलीले  ज्ञापन पत्र बुझाउदै संचारकर्मीहरुको क्षमता अभिबृद्धिका लागि  कार्यक्रम ल्याउनु पर्ने जिविसबाट सहजरुपमा सूचना उपलब्धताकालागि तोकिएको सुचना अधिकृतलाई संचार मैत्री बनाइनु पर्ने, स्थानिय दैनिक, साप्ताहिकका साथै टेलिभिजन, एफएम रेडियो र अनलाइनलाई समेत प्राथमिकतामा राखेर संचार क्षेत्रको स्तर उन्नतिका लागि विज्ञापन उपलब्ध गराउनु पर्ने माग गरेका छन् । 

     ज्ञापनपत्र बुझदै स्थानिय विकाश अधिकारी अर्यालले संचारकर्मी तथा स्थानिय संचार माध्यमको उत्थानको जिम्मेवारी स्थानिय निकायको भएको हुनाले यस तर्फ जिल्ला विकाश समितिको ध्यानाकर्षण भएको बताउनु भयो । समानुपातिक रुपमा विज्ञापनमा सबैको पहुच सुनिश्चीत गर्नकालागि जिल्ला विकास समितीका सुचना अधिकृतको नेतृत्वमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेण्टर लगायतका पत्रकार आबद्ध संघ संस्थाको प्रतिनिधी समिलित समिती बनाउने र समितिको सिफारिसका आधारमा विज्ञापन वितरण गरिने स्थानीय विकाश अधिकारी अर्यालले बताउनु भयो । ज्ञापनपत्र बुझाउन जाने टोलीमा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, निर्वतमान अध्यक्ष केसि लामिछाने, चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान, प्रेस सेण्टर पर्साका उपाध्यक्ष धर्मेन्द्र चौरसिया , रिपोटर्स कल्बका मध्यमाञ्चल संयोजक कन्हैया गुप्ता ,संजिव मिश्र ,पुष्प तिमलसिना, मनोज पटेल , एस.के चौरसिया, किरणराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

Read 321 times
Login to post comments

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...