समाचार (83)

वीरगन्ज, ४ पुस । 

स्थानीय संचारकर्मीको क्षमता अभिबृद्धि तथा संचार माध्यमलाई समानुपातिक विज्ञापन वितरण गराउन मांग गर्दै प्रेस चौतारी नेपाल,पर्साले पर्साका स्थानीय विकाश अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ ।  प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको नेतृत्वमा गएको संचारकर्मीहरु टोलीले  ज्ञापन पत्र बुझाउदै संचारकर्मीहरुको क्षमता अभिबृद्धिका लागि  कार्यक्रम ल्याउनु पर्ने जिविसबाट सहजरुपमा सूचना उपलब्धताकालागि तोकिएको सुचना अधिकृतलाई संचार मैत्री बनाइनु पर्ने, स्थानिय दैनिक, साप्ताहिकका साथै टेलिभिजन, एफएम रेडियो र अनलाइनलाई समेत प्राथमिकतामा राखेर संचार क्षेत्रको स्तर उन्नतिका लागि विज्ञापन उपलब्ध गराउनु पर्ने माग गरेका छन् । 

     ज्ञापनपत्र बुझदै स्थानिय विकाश अधिकारी अर्यालले संचारकर्मी तथा स्थानिय संचार माध्यमको उत्थानको जिम्मेवारी स्थानिय निकायको भएको हुनाले यस तर्फ जिल्ला विकाश समितिको ध्यानाकर्षण भएको बताउनु भयो । समानुपातिक रुपमा विज्ञापनमा सबैको पहुच सुनिश्चीत गर्नकालागि जिल्ला विकास समितीका सुचना अधिकृतको नेतृत्वमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेण्टर लगायतका पत्रकार आबद्ध संघ संस्थाको प्रतिनिधी समिलित समिती बनाउने र समितिको सिफारिसका आधारमा विज्ञापन वितरण गरिने स्थानीय विकाश अधिकारी अर्यालले बताउनु भयो । ज्ञापनपत्र बुझाउन जाने टोलीमा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, निर्वतमान अध्यक्ष केसि लामिछाने, चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान, प्रेस सेण्टर पर्साका उपाध्यक्ष धर्मेन्द्र चौरसिया , रिपोटर्स कल्बका मध्यमाञ्चल संयोजक कन्हैया गुप्ता ,संजिव मिश्र ,पुष्प तिमलसिना, मनोज पटेल , एस.के चौरसिया, किरणराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

sn}of, @( d+l;/ .

 

          af/fsf] lkk|f9L @ df v'Nnf :yfgdf zf}r ug{] Ps hgf kqmfp k/]sf 5g\ . kqmfp kg{]df :yfgLo e'6f c+;f/L /x]sf] cfO{l8P;÷ r]s g]kfnsf Aof; k|;fb ;fxn] hfgsf/L lbP . laxfg v'Nnf :yfgdf zf}r u/L /x]sf] cj:yfdf lgu/fgL ;ldltn] c+;f/LnfO{ kqmfp u/]sf] xf] . ;z:q k|x/L lg/LIfs /fdh+u >]i7, /fhlszf]/ k+l8t nufotsfn] laxfg lgu/fgL a9fPsf x'g\ . 

कलैया, २९ मंसिर । 

            बाराको गढीमाई नगरपालिका ४ औराहा निवासी ब्लड क्यान्सर पीडित राजन बखरेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । घन्टीमाई  ऋण तथा बचत सहकारी संस्था औराहाको पहलमा संकलन गरिएको ८० हजार नगद पीडितको परिवारलाई प्रदान गरिएको हो । 

            सहकारीका माधव सापकोटा ,कोपिला सिम्खडाको पहलमा  स्थानीय दाताहरु संग संकलन गरिएको उतm रकम बखरेलको श्रीमतीलाई घरमै गएर हस्तान्तरण गरिएको छ । कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु बाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको जनाईएको छ । 

         उनी बिगत एक महिना देखि भरतपुर बिपी क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन् । उनी एक लाख ऋण लिएर गत बर्ष कतारमा रोजगारीका लागि गएका थिए । त्यही उनी बिरामी परेका थिए । राजनलाई सहयोग गर्न चाहने दाताहरुले एभरेस्ट बैक सिमरामा इश्वरी देवी बखरेलको नाममा रहेको खाता नं ००७००५०१२०८३८७ मा सहयोग गर्न आग्रह गरिएको छ ।   

 

कलैया, २८ मंसिर । 

          लगातार एक हप्ता भन्दा लामो समयदेखि घाम नलाग्दा बाँके, पर्सा, बारा, धनुषा, महेत्तरी लगायतका तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण पर्सा र धनुषा, बारा लगायत जिल्लाका विद्यालय बन्द गरिएको छ भने चिसोबाट बँच्न स्थानीयबासिन्दाले आगो ताप्न थालेका छन् । 

           बाक्लो हुस्सुका कारण पूर्वी र पश्चिम तराईको जनजीवन बढी प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण दैनिक कामकाज नै प्रभावित भएको छ । लगातार बढेको चिसोका कारण विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर र रिक्सा चालकहरु मारमा परेका छन् । 

         अत्यधिक चिसोका कारण बालबालिका वृद्धवृद्धा पनि प्रभावित भएका छन् । शितलहरसँगै बढेको चिसोले तराईका सहरहरुमा मानिसको चहलपहल कम भएको छ । तराईका धेरै ठाउँमा आज पनि घाम लागेको छैन । बारा र पर्सामा दिउँसोदेखि घाम लागेपनि चिसो भने उत्तीकै रहेको छ । 

 

कलैया, २८ मंसिर । 

         बाराको उमजन गाविसमा बेवारिसे शव फेला परेको छ । उमजन गाविस वडा नम्बर १ पिपरा स्थित कल्भर्ट मुनी अन्दाजी ३५÷४० बर्षको पुरुषको शव पानीमा डुबेको अवस्था फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

 

काठमाडौं, २७ मंसिर । 

         प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकभर विद्युत् चुहावट २५ प्रतिशतभन्दा बढी रहेको र कुल जडित क्षमतामा २५० मेगावाट बराबर हुने भएकाले त्यसलाई तत्काल नियन्त्रणमा ल्याउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ऊर्जा मन्त्री, अर्थ, गृह मन्त्रालयका सचिवको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने–“पूराका पूरा २५ प्रतिशत नै चुहावट नियन्त्रण गर्न नसकेपछि केही महिनाभित्रै १० प्रतिशत चुहावट घटाउनुपर्छ । चोरीमा संलग्न कोही कसैलाई पनि छुट दिन सकिँदैन ।” केही ठूला उद्योग व्यवसायले गरेको चोरी नियन्त्रण अभियानलाई पहिलो चरणमा राख्न आग्रह गर्दै प्रधानमन्त्रीले सामान्य उपभोक्ताले गरेको हुकिङ नियन्त्रणसम्मको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। सरकारको योजनाअनुसार नै काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिन, कुनै प्राविधिक तथा कानुनी समस्या आए त्यसलाई समाधान गर्ने उपाय खोज्नसमेत निर्देशन दिए। प्रधानमन्त्रीले भने – “कानुनी र नीतिगत समस्या समाधान गर्नुपर्ने भए हामी त्यसलाई फुकाइदिन्छौँ, त्यसमा कुनै अवरोध हुने छैन । जनताले राहत पाउनुप¥यो, सरकार भएको अनुभव गर्नुप¥यो ।’’ सरकारले ठूला जलाशययुक्त आयोजना निर्माणलाई जोड दिएको भन्दै त्यसको आवश्यक प्रक्रिया सुरु भएकाले केही समयभित्रै परिणाम निस्कने विश्वास व्यक्त गर्नुभयो । तत्कालका लागि विद्युत्भार कटौतीको अन्त्य भएको भए पनि तत्कालै महत्वपूर्ण कदम नचाल्ने हो भने आगामी एकाध वर्ष्भित्रै पुनः समस्या आउने भएकाले त्यसतर्फ कदम चाल्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । आर्थिक समृद्धिको आधार नै विद्युत् भएकाले त्यसमा विशेष ध्यान दिन कुनै पनि कसर बाँकी नराखिने भन्दै प्रधानमन्त्रीले व्यापार घाटा घटाउने, कृषि, व्यापार, वाणिज्यको विकास र विस्तारका लागि पनि ऊर्जा नै पहिलो आवश्यकता भएको बताउनुभयो । गृह प्रशासनलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने – “कतिपय प्रसारण लाइनमा अवरोध आएको भन्ने सुनेको छु, त्यस्ता अवरोध तत्काल हटाउनुस्, चोरी नियन्त्रणमा एकीकृत रुपमा संयन्त्र परिचालन गर्नुस् । सरकारले त्यसका लागि के गर्नुपर्छ स्पष्टसँग आएर भन्नुस् । सबै समस्या हामी फुकाउन तयार छौँ ।” कर्मचारी प्रशासनबाटै जिल्लामा विद्युत् चुहावटमा सहयोग भइरहेको भन्ने गुनासो आएकाले त्यस्ता कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न कुनै कसरसमेत बाँकी नराख्न आग्रह गर्दै प्रधानमन्त्रीले भने – ‘‘त्यस्ता कर्मचारीलाई सरुवा गरेर होइन, आवश्यक कारबाही गर्नुस् । गलत काम गर्नेलाई सरकारले छुट दिन सक्दैन ।” मन्त्रालयगत समन्वय नहुँदासमेत कतिपय काम अगाडि बढ्न नसकेको भन्दै प्रधानमन्त्रीले तत्काल त्यस्ता समस्या समाधान गर्न मुख्यसचिव डा सोमलाल सुवेदीलाई विशेष निर्देशन दिए। यस्तै प्रधानमन्त्रीले चोरी नियन्त्रण अभियान अगाडि बढाउँदै गर्दा स्थानीयस्तरमा जनचेता बढाउन, तत्काल विद्युत् मिटर, ट्रान्सफर्मर पु¥याउन, पायक पर्ने स्थानमा विद्युत् महसुल लिने व्यवस्था गर्नसमेत प्राधिकरणलाई आग्रह गरे । रासस

 

कलैया २४ मंसिर । 

     बिगत ५  दिन देखि बढेको  चिसोसंगै बारा सहित मध्य तराईमा  शितलहर शुरु भएको छ । 

बाक्लो हुस्सु, चिसो हावा र शीतलहरका कारण  जनजीवन निक्कै प्रभावित भएको छ । शीतलहरका कारण गाउँबस्ती तथा सहरबजारमा मानिसहरुको चहलपहल कम आएको छ भने, सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । बिहीबारदेखि बादल लागेकोले सुर्यको प्रकाश देख्न पाएको छैन । अत्यधिक चिसोका कारण ठाउँठाउँमा स्थानीयवासीलेआगो तापेर बस्ने गरेका छन् । 

           शीतलहरसँगै बढेको चिसोले पशुचौपाया र बालीनालीमा पनि असर को छ । शितलहरले विशेषगरी सडकपेटीमा बसेर माँगी खाने, मानसिक सन्तुलन ठीक नभएका र अति गरिब व्यक्ति बढी प्रभावित भएका छन् । चिसो कारण बालबालिका, बृृद्धबृद्धा  बढी प्रभावित भएका छन । चिसोले बाल बालिका तथा बृद्धबृद्धामा बिभीन्न रोगहरुको संक्रमण देखिएको छ । चिसो कारण बालबालिकामा रुघाखोकी, कोल्ड डायरिया, टाउको दुखने लगायतका रोगका संक्रमणहरु देखिएको छ । 

कलैया, २४ मंसिरर । 

                 बाराको गढीमाई नगरपालिका १० नितनपुरमा घाँटीमा गलबन्दी बेरिएर एजनाको ज्यान गएको छ । नितनपुर १० मा रहेको कृष्णा घ्यु उद्योगमा कार्यरत मदजुर भारत बिहार घर भएका ५८ बर्षीय जयराम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दाना बनाउने क्रममा मेशिनमा गलबन्दी बेरिँदा उनको घाटी भाँचिएर घाईते भएका थिए  । उनलाई उपचारको लागि नेशनल मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परिक्षणको लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा राखिएको छ । 

कलैया, २२ मंसिर । 

      चार दिनदेखि बढेको चिसोका कारण खुल्ला दिसा मुुतm अभियन्ताहरुलाई समस्या भएको छ । अत्यधिक चिसोका कारण खुल्ला दिसा मुतm संचालन भएका गाबिसहरुमा बिहान र बेलुका निगरानी गर्न समस्या भएको अभियन्ताहरुले बताएका छन् । खुल्ला दिसा मुतm अभियान कार्यक्रम संचालन गरेका संस्थाले अभियन्ताहरुलाइृ जाडोमा लगाउने ज्याकेट उपलब्ध नगराउदा निगरानी गर्न समस्या भएको हो । चिसो लाग्ने गरेका कारण बिहान घरबाट निस्कन समेत समस्या भएको उनीहरुको भनाई छ । 

    भिते लेखनमा पैसा खर्च गर्नु भन्दा अभियन्ताहरुलाई सरसफाई र खुल्ला दिसा मुतm अभियान सम्बन्धी नारा लेखिएको ज्याकेट बितरण गर्दा प्रभावकारी हुन सक्ने सरोकारवालाहरुको भनाई छ । 

कलैया, २२ मंसिर । 

              बिद्युत चुहावट नियन्त्रण टोलीले बाराको बिभिन्न स्थान बाट बिधुत चोरी गर्ने १३ जना लाई पक्राउ गरेको छ । ईन्जिनीयर निर्मल फौजदारको अगुवाईमा गएको टोलीले मटिअर्वाको मटिअर्वा चौक, निलकण्ठवाबाट विद्युत चोरी गर्ने १३ जनालाई पक्राउ गरेको हो । प्राधिकरण कलैया शाखाबाट गएको चुहावट नियन्त्रण टोलीले  ३ थान फ्रिज समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुसँग एकलाख २५ हजार रुपैया दण्ड जरिवाना गरिएको बिधुत प्राधिकरण कलैयाले जनाएको छ ।  

अन्तरवार्ता

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट...

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस...

ओलीको कामबाट हामी निराश भयौं

ओलीको कामबाट हा...

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रीय कम...

भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं

भारतीय नागरिकला...

दीपकराज जोशी विनाशकारी भूकम्प, तराई आन्...

चीनबाट तेल ल्याउन सम्भव छ, तर सरकारको होमवर्क छैन

चीनबाट तेल ल्या...

चिरञ्जीवी पौडेल भारतको नाकाबन्दीले देशभ...